नियम १९
अभियुक्त तथा दशी प्रमाण राख्ने
(१) ब्यूरोले अनुसन्धान तहकिकात गरेको अपराधको अभियुक्तलाई हिरासतमा लिनु परेमा ब्यूरोले आफ्नै वा नजिकको प्रहरी कार्यालयको
हिरासतमा राख्न सक्नेछ ।
(२) ब्यूरो आफैंले अनुसन्धान तहकिकातको सिलसिलामा कब्जामा लिएको वा प्राप्त हुन आएको अपराधसँग सम्बन्धित दशी प्रमाण आफैसँग राख्न वा आवश्यकता अनुसार नजिकको प्रहरी कार्यालयमा सुरक्षितसाथ राख्न लेखी पठाउन सक्नेछ ।
(३) उपनियम (१) वा (२) बमोजिम ब्यूरोबाट कुनै अभियुक्त वा अपराधसँग सम्बन्धित दशी प्रमाण राख्न कुनै प्रहरी कार्यालयलाई अनुरोध भई आएमा सम्बन्धित प्रहरी कार्यालयले त्यस्तो अभियुक्त वा दशी प्रमाणलाई प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।